मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित बक्राहा खोला किनारमा रहेको एउटा रुखमा युवायुवती मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता वेद जोशीले दिएको जानकारी अनुसार २४ वर्षीय अजय टुडु र २० वर्षीया जुबामुनी हस्दा मृत फेला परेका हुन्।
अजय पथरीशनिश्चरे–५ का बासिन्दा हुन् भने जुबामुनी हस्दा झापाको गौरीगन्ज गाउँपालिका–२ की हुन्।
उनीहरूमध्ये जुबामुनी विवाहित रहेको प्रहरीको भनाइ छ।
‘उनीहरु दुई जना प्रेम सम्बन्धमा रहेको हुन सक्ने हाम्रो प्रारम्भिक अनुमान छ’, डिएसपी जोशीले भने ‘युवती विवाहित र युवक अविवाहित भन्ने सूचना छ।’
उनीहरूलाई पथरीशनिश्चरे ५ को मौलीबारी नजिकै बक्राहा खोला किनारको पिठारीको रूखमा झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।