दाङमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
जुम्ला गुठीचौर गाउँपालिका-१ मनिगाउँ घर भएका २८ वर्षीय नेत्रबहादुर रोकाया पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको टोलीले सोमबार साँझ पक्राउ परेको हो।
रोकायाले फागुन १५ (बिहीबार) गते गढवा गाउँपालिका-३ मा बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।