प्यूठानमा मोटरसाइकलको ठक्कर दिँदा पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ।
माण्डवी गाउँपालिका–३ का ४२ वर्षीय रिमबहादुर खनालको मोटरसाइकलको ठक्करबाट घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ।
तीन जना सवार रा २ प ७४० नम्बरको मोटरसाइकलले आइतबार बेलुकी ८ बजेतिर खनाललाई ठक्कर दिएको थियो। उक्त मोटरसाइकल भिँग्रीबाट चकचकेतर्फ जाँदै थियो। खनाललाई ठक्कर दिई अनियन्त्रित मोटरसाइकल दुर्घटना हुँदा चालक माण्डवी–३ का १८ वर्षीय अभिषेक कार्की गम्भीर घाइते भएका छन्।
उनलाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै, मोटरसाइकलमा सवार स्थानीय १८ वर्षीय सुमन पुन र माण्डवी–५ चकचकेका १७ वर्षीय शिशिर थापा घाइते भएका छन्।
उनीहरूको हातखुट्टामा चोट पटक रहे पनि अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।