पाल्पामा कुटपिट गरी हत्या गरेको आरोपमा बुवा र दिदी पक्राउ परेका छन्।
बगनासपाली गाउँपालिका–२ पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमालको हत्या भएको थियो।
सुरूमा कुमाल अचानक बेहोस भएको हुँदा उपचारका लागि उनकी श्रीमतीले मिसन अस्पताल पाल्पामा पुर्याएकी थिइन्।
चिकित्सकले चेकजाँचका क्रममा कुमाललाई मृत घोषणा गरेका थिए। यो घटना फागुन १५ गते साढे ७ बजेतिर भएको थियो।
घटना अनुसन्धानका क्रममा यज्ञका ६३ वर्षीय बुवा शेरबहादुर कुमाल र ४५ वर्षीया दिदी देवी कुमालले घरासयी विवादमा भएको झगडाका क्रममा कुटपिट गरेको भन्ने खुल्न आएको थियो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले कुटपिट गर्ने बुवा र दिदीलाई नियन्त्रणमा लिई घटना अनुसन्धान भइरहेको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।