सिराहामा एक जना प्रहरी जवान पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादव बलात्कार आरोपमा पक्राउ परेका हुन्।
उनलाई फागुन १५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए।
'महिलाले बलात्कार मुद्दामा उजुरी दिएपछि यादवलाई नियन्त्रणमा लिएका हौं,' डिएसपी पासवानले भने, 'विवाह गर्ने सर्तमा यौनसम्बन्ध राखेको र विवाह नगरेकोले बलात्कार आरोपमा उजुरी दर्ता भएको छ।'
उनलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।