बाँके प्रहरीले डाक्टरको निर्देशनविना खुल्ला रुपमा बिक्री वितरण गर्न नपाइने ट्रामाडोल ट्याबलेटसहित तीन जना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दुई जना भारतीय र एक जना नेपाली युवा छन्।
भारतको कोलकाता घर भई हाल बाँकेको नेपालगन्ज उपमहानगरपालिका – १० ट्राफिक चोक बस्ने ३८ वर्षीय जियाउल शेष, भारतको जागोर घर भई नेपागन्जको ट्राफिक चोक बस्ने १८ वर्षीय सद्दाम सैयद र नेपालगन्ज-१६ का २४ वर्षीय नफिस अहमद कबडिया पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय जयसपुरबाट नफिसले चलाएको यूपी ४० आर ७१४५ नम्बरको मोटरसाइकल नेपालगन्ज – १६ भन्सार चोकमा आशंका लागेर चेकजाँच गर्ने क्रममा त्यसमा सवार तीन जनाको साथबाट पाँच हजार ट्याबलेट लागु औषध ट्रामाडोल बरामद भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिएका छन्।
पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ।