पूर्वन्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ।
शुक्रबार बिहान काठमाडौंको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।
उनको ८४ वर्षको उमेरमा मृत्यु भएको हो। बिरामी भएपछि केहीदिन अघि प्रहरी अस्पतालको सघन कक्षमा राखेर उनको उपचार भइरहेको थियो।
उनको शुक्रबार अपराह्न ४ बजे पशुपतिमा अन्त्येष्टि गर्ने तयारी छ।
उनी २०६५ सालमा अवकासमा गएकी थिइन्।