हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया देखि अधिकांश बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइहेको महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही लगायत देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै स्थानहरूमा र गण्डकी प्रदेशको थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
शुक्रबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा र लुम्बिनी प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।