काठमाडौंको टुँडिखेलमा २६२ औं सेना दिवस मनाइएको छ। शिवरात्रिको दिनमा पर्ने सेना दिवस बुधबार टुँडिखेलमा मनाइएको हो।
राष्ट्रपति रामचन्द्र पौडेल सेना दिवसका अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। उनी नेपाली सेनाको उनी परमाधिपतिसमेत हुन्। यस्तै समारोहमा केपी शर्मा ओलीलगायत उच्च पदस्थ व्यक्तित्वहरू पनि सहभागी भएका थिए।
सेनाले शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको र त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएका छन्।
नेपाली सेनाको वार्षिकोत्सवको अवसरमा सहभागी हुन नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका छ जना पूर्वस्थल सेनाध्यक्ष नेपाल आएका छन्।
पूर्वस्थल सेनाध्यक्ष जनरल जोगिन्दर जसवन्त सिंह (अप्रा), जनरल दीपक कपुर (अप्रा), जनरल डा विजयकुमार सिंह (अप्रा), जनरल दलवीर सिंह सुहाग (अप्रा), जनरल (डा) मनोज मुकुन्द नरवणे (अप्रा) र जनरल मनोज पाण्डे (अप्रा) मंगलबार नै नेपाल आएका थिए।
सेनाको सांठनिक स्वरूपको १८१९ सालदेखि सुरूआत भएको हो। संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ।
संयुक्त राष्ट्र संघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो।
सैनिक दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा शान्ति सैनिक र गाडीहरू समेत प्रदर्शन गरिएको थियो।
तस्बिरहरू:
-1740551923.jpg)
-1740551923.jpg)
-1740551923.jpg)
-1740551922.jpg)
-1740551922.jpg)
-1740551920.jpg)
-1740551920.jpg)
-1740551921.jpg)
-1740551923.jpg)
-1740551922.jpg)
-1740551924.jpg)
-1740551924.jpg)
-1740551924.jpg)
-1740551922.jpg)
-1740551921.jpg)
-1740551921.jpg)
-1740551920.jpg)
-1740551920.jpg)
-1740551919.jpg)
-1740551918.jpg)
-1740551917.jpg)
-1740551919.jpg)
-1740551918.jpg)
-1740551917.jpg)
-1740551917.jpg)
-1740551916.jpg)
-1740551916.jpg)
-1740551916.jpg)
-1740551916.jpg)