भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्षहरू काठमाडौं आइपुगेका छन्।
शिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सवको लागि मंगलबार ६ जना भारतीय सेनाका सेनाध्यक्षहरू काठमाडौं आइपुगेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
पूर्वसेनाध्यक्षहरू जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, विजय कुमार सिंह, दलवीर सिंह सुहाग, मनोज मुकुन्द नरवणे र मनोज पाण्डे काठमाडौं आइपुगेका हुन्।
उनीहरू सेना दिवसको कार्यक्रममा सहभागी हुनेछन्।
त्यस्तै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्नेछन्।