काभ्रेको धुलिखेलमा बस पल्टिएको छ।
मंगलबार बिहान सवा ८ बजे धुलिखेल नगरपालिका-१० सारादा बतासेस्थित बिपी राजमार्गमा बस पल्टिँदा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिए।
बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आफै अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो।
दुर्घटना भएको खबरपछि प्रहरीको टोली खटिएको थियो। दुर्घटनामा घाइते भएका २४ जनालाई धुलिखेल अस्पतालमा पठाइएको हो। चालक र सहचालक गम्भीर घाइते छन्।
बस घटनास्थलमै छ भने सडक एकतर्फी सञ्चालनमा छ।