ललितपुरको एक गोदाममा आगलागी भएको छ।
सोमबार दिउँसो पौने २ बजे ललितपुर महानगरपालिका-२ सानेपास्थित एक गोदाममा आगलागी भएको हो।
कागज संकलन गरी राखिएको उक्त गोदाममा कामदारहरूले धुँवा निस्किएको देखेका थिए। त्यसपछि प्रहरी र दमकल बोलाइएको थियो।
अहिले ललितपुरको एउटा दमकल गएर आगो निभाइसकेको छ। समयमै दमकल पुगेको हुँदा ठूलो आगलागी नभएको प्रहरीले जनाएको छ। आगलागी कसरी भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
अन्दाजी दुई लाख बराबरको क्षति पुगेको पीडितको भनाइ छ।