नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराई प्रहरी अतिरिक्त नायब महानिरीक्षक (एआइजी) बढुवाका लागि सिफारिस भएका छन्।
आइतबार बसेको बढुवा समितिको बैठकले डिआइजी भट्टराईलाई एआइजी बढुवाका लागि सिफारिस गर्ने निर्णय भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
हाल उनी कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन्।
समितिको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि उनी एआइजी नियुक्त हुनेछन्। यसअघि एआइजी रवीन्द्र केसीले राजीनामा दिएपछि एक पद रिक्त थियो। त्यसमा भट्टराईलाई बढुवा गर्न सिफारिस भएको हो।