धनुषाको एउटा सुधार केन्द्रमा एक युवकको मृत्यु भएको छ।
गणेशमान चारनाथ नगरपालिका-१० डुमरियाका २२ वर्षीय राजकुमार यादवको बुधबार साँझ मृत्यु भएको हो।
उनी जनकपुरधान उपमहानगरपालिका-१९ बेंगाशिवपुरस्थित किशोर फाउन्डेशन (सुधारकेन्द्र) दुई महिनादेखि राखिएको थियो।
उपचारका क्रममा अस्पताल लैजादैगर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी बरूणबहादुर सिंहले जानकारी दिए।
'यस घटनामा हामीले सुधार केन्द्रदेखि अस्पतालसम्मको तथ्य-प्रमाण जुटाउने काम गरिरहेका छौं,' उनले भने, 'पहिलादेखि बिरामी भएर अस्पतालमा ल्याएको भनिएको छ।'
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।