काठमाडौंमा एक युवकको हत्या भएको छ।
हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि अन्दाजी ३१ वर्षीय युवकको हत्या भएको हो।
बिहीबार बिहानपख मृत अवस्थामा फेला परेका उनको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए।
'युवकले पहिचान खुलेको छैन, तर हातमा सुशिल भनेर ट्याटु बनाइएको छ,' एसपी बोहोराले भने, 'मृतकको टाउकोमा बासले हानेर गहिरो चोट लागेको देखिन्छ।'
अनुसन्धानको क्रममा प्रहरीले बिहीबार दिउँसो १८ वर्षभन्दा कम उमेरका दुई जनालाई पक्राउ गरेको छ।
उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको एसपी बोहोराले जानकारी दिए।