पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहबाट विद्यार्थीहरू दीक्षित भएका छन्।
प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओली पोखरा महानगरपालिका वडा नम्बर ३० ढुंगेपाटनमा बिहीबार आयोजित विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भए।
नेपाल ईन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालयबाट विज्ञान तथा प्रविधि संकायअन्तर्गत निर्माण व्यवस्थापनतर्फ (एमएससी इन कन्स्ट्रक्सन म्यानेजमेन्ट) विषयमा उत्कृष्ट हुँदै गोरखाका आशिष पोखरेलले स्वर्णपदक प्राप्त गरेका हुन्।
प्रधानमन्त्रीसमेत रहेका कुलपति ओलीले (सिजिपिए ४) प्राप्त गरेका छात्र पोखरेललाई स्वर्णपदकले दीक्षित गरेका हुन्। उनी सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रालिमा काम गर्दै विश्वविद्यालयमा पढ्दै आएका थिए।
‘अध्ययनका लागि पारिवारिक सहयोग र कलेज, प्रोफेसर लगायतलाई म धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘यो सफलता निर्माण तथा इन्जिनियरिङ क्षेत्रका नवप्रवेशीका लागि प्रेरणाको स्रोत बन्न सक्छ। आफ्नै देशभित्र अवसर सिर्जना गरेर निर्माण र रूपान्तरण तथा प्रेरणाको मार्ग कोर्ने इच्छा छ।’