काठमाडौंको त्रिपुरेश्वरमा शंकास्पद वस्तु फेला परेको छ।
मंगलबार राति करिब साढे ७ बजे त्रिपुरेश्वरको सडक पेटीमा शंकास्पद वस्तु फेला परेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार अहिले सुरक्षाकर्मीहरू खटिएर घटनास्थललाई सुरक्षित बनाइएको छ।
नेपाली सेनाको बम डिस्पोजल टोलीलाई पनि बोलाइएको उनले बताए।
'शंकास्पद वस्तु फेला परेको छ। एउटा झोला राखिएको छ। त्यसभित्र के छ भन्ने खुलेको छैन,' उनले भने, 'डिस्पोज गर्न सेना आउँदैछ।'