सिरहा नवराजपुर गाउँपालिका वडा नम्बर १ भगतपुरकी रिंकुकुमारी सादयको मृत्यु घटनामा छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन भएको छ।
मृत्यु घटनामा थप अनुसन्धान गर्न मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको एसएसपी शान्तिराज कोइरालाको जानकारी दिए।
एसएसपी कोइरालाकै नेतृत्वमा सोमबार इन्स्पेक्टर, मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो।
'छानबिन समिति गठन हुनसाथ सोमबार नै हाम्रो टोली घटनास्थलमा पुगेका थियौं,' एसएसपी कोइरालाले भने, 'पोस्टमर्टम रिपोर्ट नआएको र आरोपित फरार रहेकाले अहिले सोधपुछको काम भइरहेको छ।'
रिंकुकुमारी माघ ३० गते झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
घटना हुनुअघि उनीमाथि स्थानीय तीन जना युवकले सामूहिक बलात्कार गरेको र उक्त घटना मिलाउन खोजिएको समाचार बाहिरिएको थियो।