नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल क्रान्तिकारीले प्रकृति लम्सालको मृत्यु घटनामा न्याय माग गर्दै प्रदर्शन गरेका छन्।
मंगलबार दिउँसो काठमाडौंको माइतीघर मण्डलमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्।
उनीहरूले भारतको ओडिसास्थि कलिंग इन्स्टिच्युट अफ अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा मृत्यु भएकी लम्सालको घटनामा निष्पक्ष छानबिनको माग गरेका छन्।
लम्सालको मृत्यु भएको घटनामा न्याय र विद्यार्थीहरूमाथि भएको दुर्व्यवहारको विरोधमा प्रदर्शन भएको हो। लम्साल गत आइतबार कलिंग इन्स्टिच्युटमा मृत भेटिएकी थिइन्। उनी मृत भेटिएपछि नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेका थिए।
तस्बिरहरू:














