डाक्टर अजय, डाक्टर सरू फाउण्डेशनले देवघाटका १८ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्।
साइराम डेण्टल केयरका सञ्चालकद्वय डा.अजय न्यौपाने र डा.सरू थापाले उक्त फाउण्डेशनमार्फत तनहुँको देवघाट गाउँपालिकाका चा रवटा वडाका १० विद्यालयमा अध्ययनरत बालबालिकाको अभिभावकत्व ग्रहण गरेका हुन्।
विपन्न बालबालिकाहरूको अभिभावकत्व ग्रहण गरेर उनीहरूको शिक्षा, स्वास्थ्य तथा आवश्यक विषयहरूमा सघाउने उद्देश्य रहेको डा.न्यौपानेले बताए।
फाउण्डेशनले शनिबार १८ जना बालबालिकालाई झोलासहित स्टेसनरी सामग्री, पोशाक, खेल र हाइजिनका सामग्री वितरण गरेको उनले जानकारी दिए।
डा.थापाले विपन्न समुदायका बालबालिकाको उज्वल भविष्य निर्माण गर्न फाउण्डेशनले काम गरिरहेको बताइन्।
अभिभावक गुमाएका विपन्न परिवारका बालबालिकालाई अभिभावक नभएको महसुस हुन नदिन अभिभावकत्व ग्रहण गरेको उनले बताइन्।
डाक्टर अजय, डाक्टर सरू फाउण्डेशनले बालबालिकाको दाँतमा समस्या आउन नदिन निःशुल्क सिल चितवन (किरा लाग्न सुरू गरेको दाँतमा सिमेन्ट भर्ने) अभियान पनि चलाइरहेको छ।
![85b4a034-dec5-427d-b075-63cc0fd24d84-1739617089.jpg](https://www.setopati.com/uploads/posts/85b4a034-dec5-427d-b075-63cc0fd24d84-1739617089.jpg)