भक्तपुरमा गाडीको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ।
शुक्रबार दिउँसो १ बजे चाँगुनारायण नगरपालिका-३ कोल्पाकोटमा गाडीले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।
ओरालोस्थित व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३-०१-००३ क ४६३७ नम्बरको गाडीले चाँगुनारायण-५ पिखेल बस्ने ७२ वर्षीय केकई मग्रराती मगरले ठक्कर दिएको हो।
ठक्करपछि गम्भीर घाइते भएका मगरलाई काठमाडौं मेडिकल अस्पताल दुवाकोट लगिएको थियो।
त्यहाँ उपचारको क्रममा साढे २ बजे उनको मृत्यु भएको हो।
चालक भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने ५४ वर्षीय इन्द्रनारायण सितखुलाई पक्राउ गरेको छ।