मेलम्ची खानेपानीको आपूर्ति सञ्जालको पाइप फुट्दा काठमाडौंको बबरमहलमा खोलै बगेको छ।
बुधबार दिउँसो साढे दुई बजेतिर मेलम्ची खानेपानीको पाइप फुटेको हो। पाइप फुटेपछि वन परिसरभित्र पानी पसेको छ। त्यहीँ छेउमा जिल्ला अदालत काठमाडौं र विशेष अदालत पनि छ। त्यहाँ पनि पानी पसेको छ।
सडकमा पानी निस्किँदा जाम पनि भएको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले मेलम्ची खानेपानी सञ्जालको पाइप फुटेको जानकारी दिए।
‘रेगुलर (नियमित आपूर्ति) तर्फको पाइप फुटेको हो कि, थोक वितरण प्रणाली (बिडिएस) को पाइप फुटेको यकिन भइसकेको छैन,’ उनले भने।
पाइप फुटेर जलमग्न भएपछि अहिले त्यसभेगको वितरण प्रणाली बन्द गरिएको उनले बताए। ‘हामीले कहाँको पाइप फुटेको हो बुझ्न कर्मचारी परिचालन गरिसकेका छौं,’ उनले भने।
तस्बिरहरू:
-ink-1739352403.jpeg)
-ink-1739352403.jpeg)
-1739352315.jpeg)
-1739352315.jpeg)
-1739352314.jpeg)
-1739352315.jpeg)
-1739352314.jpeg)
-1739352313.jpeg)
-1739352313.jpeg)
-1739352313.jpeg)
-1739352313.jpeg)
-1739352311.jpeg)
-1739352311.jpeg)
-1739352312.jpeg)
-1739352312.jpeg)
-1739352311.jpeg)
-1739352311.jpeg)
-1739352310.jpeg)
-1739352310.jpeg)