कपिलवस्तुमा प्रहरीको सिआइडी हुँ भनेर ठगेको आरोपमा दुई जना पक्राउ परेका छन्।
बाणगंगा नगरपालिका-२ पिपरा बस्ने ३२ वर्षीय ऋषिराम घिमिरे र ३२ वर्षीय जीवन थापालाई प्रहरीले पक्राउ गरेको हो।
आफूहरू इलाका प्रहरी कार्यालय पिपराबाट आएको सिआइडी हो भनेर एक घरबाट १७ हजार रूपैयाँ नगद ठगेका थिए।
तलासी लिएर उनीहरूले उक्त रकम लिएपछि प्रहरीलाई खबर भएको थियो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यसबारे थाहा पाएपछि दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनामाथि आइतबार जिल्ला अदालत कपिलवस्तुबाट पाँच दिन म्याद थपेर अनुसन्धान अघि बढाएको छ।