अछाममा ढुंगा निकाल्ने क्रममा पहिरो खसेर १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।
मेल्लेख गाउँपालिका -५ कौलेनामा ढुंगा निकाल्ने क्रममा आइतबार दिउँसो पहिरो खस्दा सोही वडाका ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
उनका अनुसार खड्काको भतिज ४८ वर्षीय भीमबहादुर खड्का गम्भीर घाइते भएका छन्।
'घाइतेको कम्मर र शरीरको पछाडि भागमा चोट लागेको छ, उपचारका लागि बयालपाटा अस्पतालमा ल्याइँदै छ,' डिएसपी भण्डारीले भने।