धार्मिक सहिष्णुता खलल पारेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
साइबर ब्युरोले संखुवासभा खाँदबारी नगरपालिका-४ का ५२ वर्षीय नरेन्द्र राज राईलाई पकराउ गरेको एसपी दिपकराज अवस्थीले जानकारी दिए।
उनले सामाजिक सञ्जालमा धार्मिक सहिष्णुता माथि आघात पुर्याउने तथा घृणा वा द्वेष फैलाएर विभिन्न जातजाति र सम्प्रदायबीच सुमधुर सम्बन्धलाई खलल पार्ने सामग्री प्रसारण गरेको आरोप छ।
सामाजिक सञ्जाल मनिटर गर्नेक्रममा फेला परेपछि प्रहरीले उनलाई गत शुक्रबार पक्राउ गरेको हो।
संखुवासभाबाट पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर पाँच दिन अनुमति लिएको छ।