काठमाडौंको फर्पिङमा स्कुल बस दुर्घटनामा परेको छ।
आइतबार अपराह्न पौने ४ बजे दक्षिणकाली नगरपालिका-३ फर्पिङको भन्ज्याङमा स्कुल बस दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
जुनकिरी इंग्लिस स्कुलको बसमा ५० जना सवार रहेको प्रहरीले जनाएको छ।
‘दुर्घटना भएको छ। केही विद्यार्थीहरू घाइते छन्। विवरण संकलन गर्ने काम भइरहेको छ,’ उनले भने।
विद्यार्थीको उद्धार गरी अस्पताल लगिएको उनले बताए। बस सडकबाट अन्दाजी ५० फिट खसेको एसपी बोहोराले बताए।
थप विवरण संकलन गर्ने काम भइरहेको छ।