दाङमा ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका-७ का ५५ वर्षीय जंगबहादुर चौधरीको मृत्यु भएको हो।
घोराहीबाट तुलसीपुर जाँदै गरेका ना ६ ख ५९२२ को ट्रककले लु ०२-००११ प २८६८ नम्बरको मोटरसाइकलाई ठक्कर दिदाँ आइतबार दिउँसो चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानामगरले जानकारी दिए।
'चौधरी मोटरसाइकलमा सवार थिए भने चालक ४७ वर्षीय तिर्थबहादुर खत्री गम्भीर घाइते भएका छन्,' इन्स्पेक्टर रानामगरले भने, 'उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।'
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।