काठमाडौंको टेकुमा कबाडी व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ।
आइतबार टेकुस्थित कबाडी संकलन केन्द्रका टहराहरू भत्काउन जाँदा दुई जना नगर प्रहरी र दुई जना कबाडी व्यवसायी घाइते भएको नगर प्रहरी उपरिक्षक विष्णु जोशीले जानकारी दिए।
उनका अनुसार नगर प्रहरीहरूले कबाडी गोदाम हटाउन खोजेपछि व्यवसायीहरूले अवरोध गरेका थिए। सोही क्रममा उनीहरूबीच झडप भएको हो।
'व्यवसायीहरूले सीसाको बोत्तलले नगर प्रहरीमाथि प्रहार गरेका थिए,' नगर प्रहरी इश्वर वाग्लेले भने, 'घाइते प्रहरीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।'