जाजरकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शनिबार नलगाड नगरपालिकाको दल्लीबाट सदरमुकामतर्फ आइरहेको भे ५ ख ३६६० नम्बरको मोटरसाइकल भेरी नगरपालिका-१ स्थित रिगौटा मोडमा दुर्घटनामा परेको हो।
दुर्घटनामा मोटरसाईकलमा सवार भेरी नगरपालिका-२ रिसाङका ४० वर्षीय टली विकको मृत्यु भएको हो।
दुर्घटनामा घाइते उनलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो।
उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकल चालक नलगाड नगरपालिका-१ का ३३ वर्षीय भीमबहादुर चँदारा घाइते भएका छन्।
उनको नेपालगञ्जमा उपचार भइरहेको तिमिल्सेनाले जानकारी दिए।