धादिङको धुनीबेशी नगरपालिका-९ खत्रीपौवामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
गएराति साढे १२ बजे खत्रीपौवाबाट खानीखोला आउँदै गरेको बा २ क ४८८० नम्बरको खाली टिपर सडकबाट अन्दाजी ८० मिटर तल खोल्सामा खसेको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा टिपर चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-१ सेराका २२ वर्षीय प्रदीप थिङ गम्भीर घाइते भएका थिए।
उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालम गएराति साढे २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।