कैलालीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको छ।
शुक्रबार राति ११ बजे २० बजे जोशीपुर गाउँपालिका–५ वनकट्टामा सुदूरपश्चिम प्रदेश ०१०-२००१ त १५१८ नम्बरको जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको हो।
उक्त दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता कबिन्द्र बोहराले जानकारी दिए।
घाइते मध्ये चार जना सामान्य छन्। दुई जनाको स्वास्थ्य अवस्था मध्यम रहेको छ।
उनका अनुसार घाइतेहरूको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ।
ट्याक्टर र चालक बर्दगोरिया–२ बस्ने ३९ वर्षीय दिपक बमलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।