रोल्पामा शुक्रबार बेलुकी पख भएको बोलेरो जिप दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
माडी गाउँपालिकाको घर्तीगाउँदेखि दाङतर्फ आउँदै गरेको लु १ च ९४०६ नम्बरको बोलेरो जिप (सामान बेच्ने) त्रिवेणी गाउँपालिका ७ गाङमा दुर्घटना हुँदा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य दुई बच्चाहरू घाइते भएको भन्ने खबर आएको भए पनि फोन सम्पर्क हुन नसक्दा यकिन गर्न नसकिएको प्रहरीले जानकारी दिएको छ।
घटनास्थलतर्फ जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी जान थालेको छ। चालक भने सकुशल रहेको स्थानीयले बताएका छन्।