बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ।
मधुवन नगरपालिका–७ की ५१ वर्षीया जुनाकुमारी लामिछानेको शुक्रबार चितुवाले आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरले सेतोपाटीलाई बताए।
लामिछानेलाई घर नजिकै नेपाल–भारत सिमानामा क्षेत्रमा बाख्रा चराउँदै गर्दा बिहान ११ बजेतिर चितुवाले आक्रमण गरेको थियो।
चितुवाले आक्रमण गरेको देखेपछि स्थानीयले हल्लाखल्ला गरेपछि चितुवा छोडेर भागेको थियो।
लामिछानेलाई स्थानीयले जिल्ला अस्पताल गुलरिया पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। स्थानीयले प्रहरीलाई दिउँसो साढे १ बजेतिर मात्रै खबर गरेको डिएसपी घर्ती मगरले बताए।