झापामा १० वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
भद्रपुर नगरपालिका-९ बस्ने २१ वर्षीय संजिव आचार्य पक्राउ परेका हुन्।
उनलाई प्रहरी चौकी घोडामाराबाट खटिएको टोलीले शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ।
आचार्यले १० वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी छ।सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।