झापामा युवतीसँग होटलमा बसेका युवकको मृत्यु भएको छ।
बिर्तामोड नगरपालिका-४ स्थित एभरेष्ट होटल एण्ड लजमा बसेका एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिए।
बिहीबार राति ११ बजेतिर हल्दिबारी गाउँपालिका-१ गोलधाप बस्ने ३० वर्षीय सागर बेस्रा र उनकी साथी सुनसरीको धरान उपमहानगरपालिका-१५ घर भई कन्काई नगरपालिका-७ दुर्गापुर बस्ने २३ वर्षीय मुना विक उक्त होटलमा बसेका थिए।
राति खाना खाएर सुगेका सागर शौचालयको ढोका छेउमा लडेको अवस्थामा भेटिएका थिए।
मुना र होटल सञ्चालक यामकुमारी उप्रेतीले सागरलाई उठाएर बिर्तासिटी अस्पतालमा लगिएको थियो। तर १:३५ बजे मृत्यु भइसकेको भनेर चिकित्सकले खबर गरेका थिए।
त्यसपछि दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको छ।