त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा सुवाश आचार्य नियुक्त भएका छन्।
त्रिवि सेवा आयोगले उनलाई चार वर्षको लागि कार्यकारी निर्देषक नियुक्त गरेको हो।
प्रा.डा आचार्य त्रिवि शिक्षण अस्पतालमा क्रिटिकल केयर विभागको प्रमुखका रुपमा कार्यरत छन्।
त्यस्तै महाराजगञ्ज मेडिकल क्याम्पसको प्रमुखमा डा सुरेश उप्रेती नियुक्त भएका छन्।
उनी यसअघि सहायक क्याम्पस प्रमुख थिए।केही समय निमित्तको जिम्मेवारी पाएका थिए।