सिन्धुलीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान ३:४५ बजे सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ गढीमा बा ०१-०३० च ९६४२ नम्बरको विद्युतीय भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको सिन्धुलीका इन्स्पेक्टर सुनिल चौरसियाले जानकारी दिए।
गाडी झापाबाट काठमाडौं आउँदै थियो।
मृत्यु हुनेमा दोलखाको गौरीशंकर गाउँपालिकाका सुशान्त नेपाली छन्। उनको उपचारको क्रममा सिन्धुली अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो।
दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। घाइतेहरू सबैको सिन्धुली अस्पतालमा उपचार भइहरेको इन्स्पेक्टर चौरसियाले जानकारी दिए।
गाडी अनियन्त्रित भएर सडकबाट खसेको हो। त्यसबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर चौरसियाले जानकारी दिए।