साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा रास्वपाका सभापति रवि लामिछानेविरूद्धको थुनछेक बहस आजका लागि सकिएको छ।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेपछि बुधबारका लागि बहस सकिएको हो। सरकारी वकिल तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्याौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जनाले बहस गरेका थिए।
सहकारी पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्ने तयारी छ।