निर्माणाधीन झोलुङ्गे पुलबाट भेरी नदीमा खसेर दुई जना कामदार बेपत्ता भएका छन्।
सुर्खेतको भेरी नदी वारिपारिका गाउँहरू बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको लट्ठा बाँध्ने क्रममा खसेर दुई जना बेपत्ता भएका हुन्।
रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र अर्जुन झाँक्री मगर भेरी नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए।
घटना बुधबार दिउँसो साढे १ बजे भएको उनले जानकारी दिए। घटनास्थलमा प्रहरी पुगिसकेको र गोताखोर सहितको सशस्त्र प्रहरी गइरहेको उनले बताए।