बेलायतका राजकुमार एवं एडिनबर्गका ड्युक एड्वार्ड भक्तपुर पुगेका छन्।
बुधबार दिउँसो राजकुमार एडवार्ड दम्पत्तिले भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन्।
आजै बिहान ठिमी स्थित एस.ओ.एस को कार्यक्रम सकेर ११ बजे भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेका हुन्, त्यहाँ उनले भक्तपुरको धार्मिक, इतिहासिक सम्पदा क्षेत्रहरूको अवलोकन गरेका हुन्।
दम्पत्तिले पोखराको घान्द्रुक घुम्ने, अन्नपूर्ण हिमश्रृंखला हेर्ने, र ब्रिटिश गोर्खाको क्याम्पमा जाने तालिका रहेको छ।
उनीहरू आइतबारसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।
तस्बिरहरूः