पाल्पामा एक व्यक्ति मृत फेला परेका छन्।
रामपुर नगरपालिका–३ चनौली घर भई बगनासकाली गाउँपालिका–२ बस्दै आएका ५६ वर्षीय रेबहादुर सूर्यवंशी घरदेखि झन्डै तीन सय मिटर टाढा गोरेटो बाटोको खरबारीको मुन्तिर मृत फेला परेका हुन्।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार मंगलबार बेलुका साढे ४ बजेतिर उनी खरबारीदेखि झन्डै २० मिटरमुनि उनी मृत फेला परेका थिए।
मृतकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।