काठमाडौंको न्यूनतम तापक्रम मंगलबारको तुलनामा केही बढेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन भएको थियो।
मंगलबार न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन भएको थियो।
काठमाडौंको आकाश रातिको समयमा बादलले ढाकेका कारण न्यूनतम तापक्रम केही बढेको मौसमविद् बिनु महर्जनले जानकारी दिइन्।
उनका अनुसार दिउँसो काठमाडौंको मौसम सफा रहने पूर्वानुमान छ। अधिकतम तापक्रम २१ देखि २२ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।
बुधबार काठमाडौंको अधिकतम तापक्रम २२.१ डिग्री सेल्सियस मापन भएको थियो।
एक सातामा कति घटबढ भयो न्यूनतम तापक्रम?
एक साताअघि गत बुधबार काठमाडौंको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस मापन भएको थियो। त्यसपछि बिहीबार ८, शुक्रबार ६.२, र शनिबार ५.८, आइतबार ४.५, सोमबार ४.८ र मंगलबार ६.५ डिग्री सेल्सियस मापन भएको थियो।