कैलालीको अत्तरियामा एक महिलाको शव फेला परेको छ।
मंगलबार बिहान गोदावरी नगरपालिका– २ दुर्गालक्ष्मी महिला सामुदायिक वनमा कञ्चनपुर भीमदत्त नगरपालिका– २ की मानमती भट्टको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले जानकारी दिए।
उनका अनुसार अग्लो रूखमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो।
प्रारम्भिक अनुसन्धानमा मृत फेला परेकी महिला महेन्द्रनगरबाट आफन्तकोमा अत्तरियामा आएको पाइएको उनले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।