बारामा तीन किलो भन्दा बढी अफिमसहित एक जना पक्राउ परेका छन्।
सिमरा उपमहानगरपालिका-२ सिमरा चोकबाट एक जनालाई पक्राउ तीन किलो ४४ ग्राम अफिमसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय सिमराकी प्रमुख एवं डिएसपी सुभद्र वाइबा लामाले जानकारी दिइन्।
लागुऔषध नियन्त्रण ब्युरोसहित खटिएको टोलीले मकवानपुर कैलाश गाउँपालिका-२ बैकुण्ठ बस्ने ४५ वर्षीय भिमलाल मोक्तानलाई पक्राउ गरेको हो।
फुटपाथमा हिँडिरहेका उनको ब्यागबाट उक्त लागुऔषध बरामद गरेको हो।
प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको छ।