जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन्।
सहकारीको बचत अपचलन आरोपमा आइतबार प्रहरीले उनलाई पक्राउ गरेको हो।
जिसस प्रमुख थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले सेतोपाटीलाई बताए।
थापामाथि कुमारी सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोप छ।
उनले कति रकम अपचलन गरेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
थापा नेकपा (एमाले) का नेता हुन्।