तनहुँमा भारतीय ग्यास बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
शुक्रबार बेलुकी ६:४० बजे तनहुँको ब्यास नगरपालिका-१२ कमलबारीस्थित पृथ्वी राजमार्ग सडकमा मुग्लिनबाट दमौलीतर्फ जाँदै गरेको एचआर ५५ क्यू ४७११ नम्बरको ग्यास बुलेट सडकको भित्तामा ठोक्किएर पल्टिएको हो।
दुर्घटनामा चालक भारतका बिहार राज्य मिर्जापुर पठाही जिल्ला पूर्वी चम्पारणका ३६ वर्षीय श्रीकान्तकुमारको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ।
गम्भीर घाइते अवस्थामा उपचारका लागि दमौली अस्पताल पुर्याइएकोमा राति १०:२२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव सोही अस्पताल रहेको र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी अशोक थापाले जानकारी दिए।