पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
शुक्रबार बेलुकी पौने ७ बजे पश्चिम नवलपरासीको सरावल गाउँपालिका-१ सालबासस्थित पूर्व-पश्चिम राजमार्ग सडक खण्डमा प्रदेश नं ३-०२-००६ प ९८३६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा रूपन्देहीको शुद्धोधन गाउँपालिकाको अमहवा बस्ने २८ वर्षीय कमल परियार छन्। उनी मोटरसाइकलको पछाडि सवार थिए। उनलाई उपचारका लागि लुम्बिनी सिटी अस्पताल पुर्याइएकोमा बेलुका ८:२५ बजे चिकित्सकले मृत घोषणा गरेको हो।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार मोटरसाइकल नुवाकोटको लिखु गाउँपालिका-३ का २९ वर्षीय गोपाल लोहनीले चलाएका थिए।
दुर्घटनामा परी उनी गम्भीर घाइते भएका छन्। उनकोमा चोट रहेको प्रहरीले जनाएको छ। उनको पनि लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ।