दाङको घोराहीबाट बिहीबार दुई युवा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्।
राप्ती गाउँपालिका–३, मसुरिया घर भई हाल घोराही उपमहानगरपालिका–१३, प्रगतिटोल बस्दै आएका २२ वर्षीय चिन्तन केसी र घोराही–१३, डुमरगाउँका १९ वर्षीय मनोज बुढामगर चरेशसहित पक्राउ परेका हुन्।
मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेर खानतलासी गर्दा केसीले लगाएको जुत्तामुनि लुकाइराखेको अवस्थामा १९० मिलिग्राम र बुढाथोकीको साथबाट ६८० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए।
उनीहरू सवार लु १८ प ३७७० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको डिएसपी शाहले बताए।