सुर्खेतमा बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा परी ६ जना घाइते भएका छन्।
ट्रक चालक दैलेखको गुराँस गाउँपालिका–१ का ३१ वर्षीय हिरा पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए।
दुर्घटनामा घाइते भएका पुनको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो।
बिहीबार दिउँसो रत्न राजमार्गअन्तर्गत भेरीगंगा नगरपालिका–३ सत्तरीस्थित ना ४ ख ६२६३ नम्बरको बस र विपरीत दिशाबाट आएको कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको मिनी ट्रक आपसमा ठोक्किएका थिए।
घाइते हुनेहरूमा बर्दियाको मधुवन नगरपालिका–१३ का ३९ वर्षीया की पूजा थापा, मुधवन नगरपालिका–२ का ५० वर्षीया शान्ति थापा, गुलरिया नगरपालिका–४ का ६० वर्षीय हरिराम गुडिया, सुर्खेतको वीरेन्द्रनगर–११ बस्ने ६८ वर्षीय पुरीचन्द्र भट्टराई दैलेख डुङ्गेश्वर गाउँपालिका–१ का २० वर्षीय गणेश थापा, बस चालक वीरेन्द्रनगर–९ का ४१ वर्षीय थमन राना घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरूको प्रदेश अस्पताल कालागाउँ र माया नर्सिङ होममा उपचार भइरहेको छ।