रूसी सेनामा आवद्ध भएर ज्यान गुमाएका विनोदबहादुर सुनुवारको परिवारले पशुपतिमा अन्त्येष्टि गरेको छ।
मृत्यु भएको खबर पाएको तीन दिनपछि सोमबार पशुपति आर्याघाटमा कुशको शव बनाएर परिवारले अन्त्येष्टि गरेको हो।
२०८० असोज १७ गते रूस गएका उनी ७५ दिनदेखि परिवारको सम्पर्कमा थिएनन्। तीन दिन अघि साथीहरूले मृत्यु भएको भनेपछि उनका परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको रूसी सेनामा आवद्ध नेपालीको जीवनरक्षा अभियानकी संयोजनक कृतृ भण्डारीले जानकारी दिए।
'लामो समयदेखि बेपत्ता थिए, साथीहरूबाट मृत्यु भएको भनेपछि अन्त्येष्टि गरिएको हो,' उनले भनिन्, 'सुनारको पुर्खौली घर ओखलढुंगा भएपनि उनको परिवार कीर्तिपुर-४ मा बस्दै आएको छ।'
तस्बिरहरू: